लामो कालखण्डदेखि नेपाल भ्रष्टाचारको मारमा परेको छ । राणा शासन होस् या पञ्चायत अनि संसदीय व्यवस्था होस् या लोकतन्त्र, हाम्रा शासकहरुको मूलभूत उद्देश्य राज्यकोष लुट्नुमै केन्द्रित रहेको छ । तिनका अपराधकर्महरु सार्वजनिक नभएका होइनन्, तर पनि तिनीहरुले विरलै सजाय पाएका छन् । सम्बद्ध निकायहरुले पनि भ्रष्टलाई कारबाही गर्नुको सट्टा व्यक्तिविशेषलाई सिध्याउन मात्र भ्रष्टाचारलाई औजार बनाएका अनेक उदाहरण छन् ।
त्यस्ता घटनालाई तथ्यसहित उजागर गर्ने प्रयास हो यो पुस्तक । अढाई दशकदेखि पत्रकारितामा संलग्न हरिबहादुर थापा मूलतः राजनीतिक, आर्थिक र सामाजिक विकृतिविरूद्ध सार्थक कलम चलाउने गर्छन् । उनका भ्रष्टाचारको शल्यक्रिया, विदेशी सहायताका विसङ्गति, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र र दलीय द्वन्द्व तथा अङ्ग्रेजीमा एनाटोमी अफ करप्सन जस्ता कृति प्रकाशित छन् । कान्तिपुर दैनिकका समाचार सम्पादक थापा संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्षसमेत हुन् ।
Product | Price | Shipping* | Action |
---|---|---|---|
रजगज by Hari Bahadur ThapaSold by: esewapasal @esewapasal Price update: 5 years ago |
NPR 390.00
Available
|
Free shipping |
Visit Store |
Rajgaj By Hari Bahadur ThapaSold by: esewapasal @esewapasal Price update: 5 years ago |
NPR 488.00
Available
|
Free shipping |
Visit Store |
* Shipping prices are only estimates and depend on your location. Please contact respective sellers for details.